विद्यार्थी बोकेर गुडिरहेको स्कुल बसमा आगो लाग्यो

Jasus Khabar 3925+ समाचार ( )
२५ वैशाख २०८२

रूपन्देहीमा स्कुल बसमा आगो लागेको छ ।

शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो। विद्यार्थी बोकेर विद्यालय जाँदै गरेको बसमा एक्कासी आगलागी भएको बताइएको छ ।

स्थानीयले आगो लागिरहेको बसबाट सबै विद्यार्थीलाई सकुशल बाहिर निकालेका थिए ।

प्रहरी र दमकलले बसमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ । बस पूर्णरूपमा जलेर क्षति भएको छ ।


प्रतिक्रिया