प्रदीप ज्ञवालीको दाबी: ‘मुलुकमा केही भएको छैन भन्ने भाष्य गलत’

Jasus Khabar 3925+ समाचार ( )
२८ श्रावण २०८२

 नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा केही पनि भएन भन्ने भनाइ गलत भएको बताएका छन् ।

विराटनगरमा आयोजित एक कार्यक्रममा उनले पछिल्ला केही वर्षयता मुलुक विकासोन्मुख रहेको र सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रमा परिणत हुने जानकारी दिए ।

ज्ञवालीले मुलुकको कृषि क्षेत्रमा सुधार ल्याउन सरकारले सुनकोशी डाइभर्सन परियोजना चाँडै पूरा गर्ने बताए ।

यस परियोजनाले मधेश प्रदेशको १ लाख ८२ हजार हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्‍याउने र किसानहरूलाई आकासेपानीमा निर्भर रहनुपर्ने बाध्यताबाट मुक्त गराउने उनको भनाइ थियो ।

उनले राजनीतिक दलहरूले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन र जनताको जीवनस्तर उकास्नेतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संघीयतापछि मुलुकले विकासमा गति लिएको बताए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ, मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । विष्ट गोरखापत्र दैनिकमा कार्यरत छन् ।

 

प्रतिक्रिया