देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका- ६ पत्थरगढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।>
गएराती करिब १२ बजेतिर लमही नगरपालिका- २ सोनपुरमा लु ४४ प ३४१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए ।>
उनलाई उपचारका लागि लमही अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।>
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।>>