गाजामा युद्धबिराम सहमति भएसँगै हमासले २० जना जीवित युद्धबन्दीको नाम इजरायललाई बुझाएको छ।>
अमेरिकाले प्रस्ताव गरेको गाजा युद्धविराम सम्झौताको पहिलो चरणमा बिहीबार दुवै पक्षले हस्ताक्षर गरेका थिए।>
युद्धबिरामसँगै हमासले जीवित बन्दीहरूको सूची बुझाएको हो। यो सूचीमा नेपाली बन्दी विपीन जोशीको नाम भए/नभएको खुलेको छैन। यद्यपि बुधबार सार्वजनिक पुरानो भिडियोसँगै जोशी मुक्त हुने सम्भावना बलियो भएको छ।>
२० जीवित बन्धकहरूलाई सम्भवत आइतबार एक साथ रिहा गरिने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।>
हमासले २० बन्धकहरू रिहा गर्नेछ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरू रिहा गर्नुपर्ने छ।>>
सेप्टेम्बर २९ मा पहिलोपटक घोषणा गरिएको २०-बुँदे योजनामा प्यालेस्टिनी कैदीहरूको बदलामा सबै इजरायली बन्दीहरूको रिहाइ, युद्धविराम, हमासको निशस्त्रीकरण र गाजाको पुनर्निर्माणलगायतका योजनाहरू समावेश थिए।>
गाजामा अहिले रहेका २० बन्दीहरूबाहेक अरू जीविते रहने सम्भावना नरहेको पनि सञ्चारमाध्यमहरूले लेखेका छन्। यता इजरायलमा भने ११ हजारभन्दा बढी प्यालेस्टिनी जेलमा रहेको इजरायली मानव अधिकार समूह सेन्टर फर द डिफेन्स अफ द इन्डिभिजुअल (हामोकेड) ले जनाएको छ।>
अक्टोबर २०२३ यता हजारौँ प्यालेस्टिनीहरूले इजरायल युद्धमा ज्यान गुमाएका छन्।>>>