विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् ।>
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो ।>
>
प्रहरीले मे।१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ । रासस>>