तीन खेलको नेपाल ए र आयरल्यान्ड ए बीचको एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार आयरल्यान्ड ए लाई नेपाल ए ले १५७ रनमा अलआउट गरेको छ ।>
बुधबार त्रिवि मैदान कीर्तिपुरमा आयरल्यान्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि फास्ट बलर कमलसिंह ऐरीले ह्याट्रिक लिए । उनले खेलको ३९ औँ ओभरको पहिलो तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा मात्र गरेनन्, आयरल्यान्डलाई १५७ रनमा अलआउट पनि गराए । ऐरीले खेलमा चार विकेट लिएका थिए ।
>>