अहिले पनि छोरा जन्माउनका लागि दोस्रो बिबाह गर्ने चलन कायमै रहेको छ । समाजमा घर जोगाउन छोरा हुनै पर्ने सामाजिक मान्यताको कारण पहिले विवाहित श्रीमतीबाट छोरा नजन्मिएपछि कान्छी ल्याउने चलन अहिले पनि कायम रहेको हो ।>
सिमकोट गाउँपालिका– ८ काो खोल्सी गाउँका चित्र शाहीले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि कान्छी श्रीमती ल्याएका थिए । जेठी श्रीमति काली शाहीबाट तीन छोरी लगातार जन्मिएको तर छोरा नजन्मिएको कारण उनले श्रीदेवी शाहीलाई कान्छी श्रीमतिका रुपमा भित्र्याएका हुन् ।>
>
कान्छीबाट पनि लगातार दुई छोरी जन्मिएपछि एक वर्ष अगाडी तेस्रो सन्तानका रुपमा छोरा जन्मिएको छ । हाल छोरा एक वर्षको भएका छन् ।>
उनीसंग हाल दुवै श्रीमती गरि एक छोरा र पाँँच छोरी रहेका छन् । जेठी श्रीमतीबाट भने बच्चा जन्मिन छोडेको छ । हाल तीस वर्ष उमेर पुगेकी कान्छी श्रीमती अहिले पनि गर्भवती रहेकी छन् ।>
श्रीदेवीले छोरा जन्माउन कै लागि विवाह गरेको कारण अझै बच्चा जन्माउने चाहाना रहेको बताइन् । श्रीमान शाहीलई घरपरिबारबाट पनि दोस्रो विवाह गर्नका लागि बाध्य पारिएको थियो ।>
घर जोगाउनका लागि पनि छोरा आवश्यक पर्ने भएको कारण परिवार र आफन्तबाट उनलाई दोस्रो विवाहका लागि दबाब आउने गरेको थियो ।>
यता सर्केगार्ड गाउपालिका–३ को उनापानीका वर्ख महताराले पनि जेठी श्रीमतीबाट पाँच छोरी लगातार जन्मिएपछि दोस्रो श्रीमती विवाह गरेका थिए । उनले कान्छी श्रीमतीबाट पनि तेस्रो सन्तानका रुपमा छोरा जन्माउने कार्य भएको थियो ।>
उनले छोरा नभएर घर नरहने सामाजिक मान्यताको कारण आफूले दोस्रो विवाह गरेको बताए । उनलाई छोरा नै नजन्मिएपछि जेठी श्रीमतीबाटै पनि दोस्रो विवाहको लागि दबाब आएको सुनाए ।>
उनीहरू दुई जना प्रतिनिधि पात्र मात्र हुन् । यसरी छोरा कै लागि दोस्रो बिबाह गर्ने चलन हुम्लामा पहिलेबाटै हो ।>
जिल्लाका सात वटै गाउँपालिकाको स्वास्थ्य शाखाबाट प्राप्त विवरण अनुसार यसरी छोराकै लागि दोस्रो बिबाह गर्ने संङ्ख्या धेरै रहेको छ ।>
गर्भमा छोरा वा छोरी के छ भनेर चेकजाँच गर्नेतर्फ भन्दा पनि जे भए पनि बच्चा जन्माउने चलनको कारण दोस्रो विवाहले प्रसय पाइरहेको छ ।>
यस सम्बन्धमा स्वास्थ्यकर्मीले जति पैरवी गरे पनि केही नलागेको बताउँदै छोरी जन्मेको दोष सबै महिला माथि लाग्ने गरेको छ ।>
दोस्रो विवाह गर्नु कानूनी रुपमा अपराध हो भन्ने थाहा पाएर पनि यसरी विवाह गर्ने चलन भने रोकिएको छैन ।>>