काठमाडौं, ९ बैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् ।>
२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए ।>
उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।>
उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे । उनले भने,‘माननीय शिक्षामन्त्री ज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिकक रुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन् । म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’>
विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिँदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिँदा आफूपनि संवेदनशील रहेको बताए । ‘कक्षा १२ को परीक्षामा हप्ता १० दिन विलम्व हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन् । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिँदा मनमा चोट पर्छ । त्यो प्रति हामी संवेदनशील छौँ,’उनले भने ।>
उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पूरा गर्न विदाको समयमा पढाउने पनि बताए । ‘वास्तवमा कोही बढी दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्यो । आन्दोलन ज्यादा लम्विदँैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ ।’>
अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनकाविरुद्धमा अभिव्यक्ति आउनु दुःखद् भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिएको हो भन्ने बुझिन्छ । अहिले बालुवाटारको ओछ्यान र कुर्सीमा काँडा उम्रिसक्यो । घोच्न थालेको छ । सिंहदरबारको कुर्सीमा पनि काँडा उम्रिसेकेको छ । त्यसले घोच्न थालेपछि पीडाहुन्छ र सहमति गर्न बाध्य बनाउँछ,’उनको भनाइ थियो ।>
२१ दिनदेखि शिक्षकहरुले जारी राखेको आन्दोलनका कारण शिक्षामन्त्रीले राजीनामा दिएकी छिन् भने शिक्षक महासंघ र सरकारबीच पटकपटक छलफल भएपनि आन्दोलन रोकिन सकेको छैन ।काठमाडौं, ९ बैशाख । नेपाल शिक्षक महासंघको नेतृत्वमा विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले संघर्षका कार्यक्रमहरु थप चर्काउने चेतावनी दिएका छन् ।>
२१ दिनदेखि निरन्तर सडक आन्दोलन गरिरहेका शिक्षकहरु शिक्षामन्त्री विद्या भट्टराईको राजीनामापछि थप उत्साहित देखिन्छन् । विगतको तुलनामा मंगलबार सडकमा शिक्षकहरुको संख्या बढी देखिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । अध्यक्ष सुवेदीले विद्यालय शिक्षा ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म यो आन्दोलन जारी रहने बताए ।>
उनले भने, ‘यो आन्दोलनको उद्देश्य भनेको विगतमा भएको सहमतिलाई सम्बोधन गर्ने, विद्यालय शिक्षक, कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन गराउनु हो । ऐन जारी हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन जारी रहन्छ ।’ उनले सरकारको बोलीमा विश्वास नलाग्ने भन्दै ऐन जारी गराएर मात्र विद्यालय फिर्ता हुने उनले बताए ।>
उनले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा र शिक्षक आन्दोलनको कुनै साइनो नभएको स्पष्ट पारे । उनले भने,‘माननीय शिक्षामन्त्री ज्यूको राजीनामा र हाम्रो आन्दोलनको कुनै साइनो छैन । सार्वजनिकक रुपमा उहाँले आफ्नो स्वास्थ्यको कारण भन्नुभएको छ आन्तरिक कारण के हो जान्ने कुरा पनि भएन । हामीलाई चासो पनि भएन् । म प्रस्ट पार्न चाहन्छु उहाँको राजीनामासँग हाम्रो आन्दोलनको कुनै साइनो छैन ।’>
विद्यालय भर्ना अभियानका साथै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारी आन्दोलनमा होमिँदा शिक्षामा क्षतिको अवस्था नआउने भन्दै परीक्षा तयारीमा लागेका विद्यार्थीको परीक्षा रोकिँदा आफूपनि संवेदनशील रहेको बताए । ‘कक्षा १२ को परीक्षामा हप्ता १० दिन विलम्व हुँदैमा त्यस्तो ठुलो क्षति हुँदैन् । परीक्षा तयारी गरेका विद्यार्थीलाई परीक्षा रोकिँदा मनमा चोट पर्छ । त्यो प्रति हामी संवेदनशील छौँ,’उनले भने ।>
उनले राज्यले यो अवस्थामा ल्याउन बाध्य पारेका भन्दै शैक्षिक क्षतिलाई पूरा गर्न विदाको समयमा पढाउने पनि बताए । ‘वास्तवमा कोही बढी दुखित छ भने शिक्षक–कर्मचारी नै छ । तर राज्यले हामीलाई यो अवस्थामा ल्याउन बाध्य पार्यो । आन्दोलन ज्यादा लम्विदँैन । राज्यले घुँडा टेक्न अनिवार्य छ । त्यो स्थिति सिर्जना भएपछि हामी फर्किन्छौ ।’>
अध्यक्ष सुवेदीले शिक्षक आन्दोलनकाविरुद्धमा अभिव्यक्ति आउनु दुःखद् भएको बताए । ‘विरुद्धमा अभिव्यक्ति आउनु भनेको आन्दोलनले पीडा दिए>>