ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा

Jasus Khabar 3945+ समाचार ( )
२९ जेठ २०८२

 ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भइरहेको छ । यो परियोजना आशिष समानान्तर रेलिगर जेभी काठमाडौंले निर्माण गरिरहेको हो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा सुरु भएको फ्लाई ओभर २०८० फागुन ११ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर समयमै नसकिने देखिएपछि निर्माण म्याद थपिएको हो ।



प्रतिक्रिया

सम्बन्धित समाचार