नक्कली नोटसहित १ भारतीय युवती पक्राउ

Jasus Khabar 3925+ समाचार ( )
१७ वैशाख २०८२

मोरङको विराटनगर महानगरपालिका-१३ स्थितबाट नक्लली नोट सहित १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार अररियाकी १९ वर्षीय सिम्पी बैसन्ति रहेकी छन ।

वैशाख १६ गते विराटनगर-१३ स्थितमा रहेको किराना पसलमा सामान किन्ने क्रममा सिम्पी बैसन्तिले भारतीय ५ सय रुपैयाँको नोट पसलेलाई दिएकोमा उक्त नोट नक्कली रहेको शङ्का लागी पसल धनीले प्रहरीलाई खवर गरेकोमा तत्काल इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनकोको साथबाट ५ सय दरको ७ वटा नक्कली भारतीय नोट र नेपाली रुपैयाँ ३ हजार १ सय सहित नियन्त्रणमा लिएको हो ।

नक्कली नोट सहित पक्राउ परेकी उनको आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार