बेलकामा १७७४ किलो ३८७ ग्राम बरामद गाजा नष्ट

Jasus Khabar 3925+ समाचार ( )
१५ वैशाख २०८२

बेलका । उदयपुर बेलका नगरपालिकाको विभिन्न स्थानबाट ठुलो परिमाणमा बरामद अवैध लागू औषध गाजा सोमबार इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला प्रहरीले नष्ट गरेको छ । कार्यालयको कम्पाउण्ड भित्र खाली जग्गामा १७७४ किलो ३८७ ग्राम भन्दा बढी गाजा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

उदयपुर जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बेलका नगर कार्यपालिकाको कार्यालयका प्रतिनिधि, वडा नं.९ का जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प डुडखोलाका प्रतिनिधि, राष्ट्रिय अनुसन्धान कार्यालय रामपुरका प्रतिनिधि र स्थानीय पत्रकारहरुको उपस्थितिमा आगो लगाएर नष्ट गरिएको प्रहरी निरीक्षक नरेश चौधरीले जानकारी दिए ।

 

उक्त अवैध लागू औषध गाजा लुकाई छिपाई राखेको बेवारिसे अवस्थामा प्रहरीले विभिन्न मिति,समय र स्थानबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया