सरकार असफल भइसकेका कारण अहिले व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको : महासचिव शंकर पोखरेल

Jasus Khabar 1+ समाचार ( )
३ पौष २०८०

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार सबै क्षेत्रमा असफल भइसकेका कारण अहिले व्यवस्थाविरुद्ध असन्तुष्टि पैदा भएको बताएका छन् । 

एमालेले आयोजना गरेको १८ दिने पुष्पलाल लोकमार्ग केन्द्रित संकल्प यात्राका बारेमा जानकारी दिन मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सरकारप्रतिको अविश्वास र वितृष्णालाई व्यवस्थाको विरोधमा प्रयोग गर्न नहुने समेत बताए । एमाले मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले हिमाल, पहाड र तराई मधेस जोड्ने गरी आगामी दिनमा पनि संकल्प यात्राहरू आयोजना गरिने जानकारी दिए । 

उनले अहिले कै संविधानअनुसार कुनै एक दलको बहुमत आउन सक्ने सम्भावना रहेको बताउँदै जनताले नीतिगत र दुरदर्शी नेतृत्व भएको बलियो राष्ट्रिय शक्तिलाई निर्वाचित गराउन विवेक प्रयोग गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले कोसी प्रदेशको नामाकरण संवैधानिक र कानुनी प्रक्रिया पुर्‍याएर भएकाले यसबाट एमाले पछि नहट्ने स्पष्ट पारे । 



प्रतिक्रिया