भोक्राहामा लागू औषध गाँजासहित दुई युवक र स्कुटर नियन्त्रणमा

Jasus Khabar 3925+ समाचार ( )
१२ वैशाख २०८२

अजमल अन्सारी

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित चिरौलीचोकबाट नरसिंहतर्फ जाने भित्री सडक खण्डमा लागू औषध गाँजा ओसारपसार भइरहेको गुप्त सूचनाका आधारमा प्रहरीले ३१.३ किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।


शुक्रबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले को. १६ प. ६४७४ नम्बरको स्कुटरलाई शंका लागि जाँच गर्दा स्कुटरको बीच भागमा प्लास्टिकको बोरामा पोका पारेर जेब्रा झोलाभित्र लुकाइ छिपाइ राखिएको लागू औषध गाँजा फेला पारेको हो।


प्रहरीका अनुसार बरामद गरिएको गाँजाको तौल ३१.३ किलोग्राम रहेको छ। उक्त गाँजासहित स्कुटर चालक बराहक्षेत्र नगरपालिका–१ का २८ वर्षीय समिर राई र स्कुटरको पछाडि सवार २८ वर्षीय संजिव राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।


प्रहरीले गाँजा, स्कुटर र पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रतिक्रिया