नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ । गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।>
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार र आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो । तेजाबी सुन पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । >
चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
>>