जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम

Jasus Khabar 3945+ समाचार ( )
२२ भाद्र २०८२

जुम्लामा जिल्ला समन्वय समितिकाे कार्यालय परिसरमा सकेट बम भेटिएको छ।

शनिबार बेलुकी समन्वय समितिको पर्खाल बनाउने कामदारले सकेट बम फेला पारेका हुन्। समन्वय प्रमुख प्रमुख गौरीनन्द आचार्यका अनुसार सकेट बम फेला पर्नेबित्तिकै प्रहरी र सेनालाई सुसूचित गरिएको थियो। आचार्यले भने, ‘बम खिया लागेको अवस्थामा  भेटिएको छ। मोटो जीआई पाइपबाट बनेको जस्तो देखिन्छ।’

बम कार्यालय परिसरमै भेटिएपछि कार्यालयमा त्रास फैलिइएको छ। बम भेटिएको स्थानमा प्रहरी र सेनाले घेरेर बसेकाे छ। 'सेना बम डिस्पोज गर्न माथिको आदेश पर्खेर बसेको छ, आदेश आउनेबित्तिकै बम डिस्पोज गर्ने तयारी सेनाले गरेको छ,’ उनले भने।

समन्वयको सानो हलको पछाडिपट्टि सकेट बम फेला परेको हो। यो बम संकटकालमा माओवादीले छोडेको हुन सक्ने आशंका गरिएको छ। कार्यालय खुले पनि काम गर्ने अवस्था नरहेको प्रमुख आचार्य बताउँछन्।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी असिम हमालले बम डिस्पोज गर्न सेनाको टोली बम भेटिएको स्थानमा पुगिसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार