भारतको ओडिसामा एक इजरायली पर्यटकसहित दुई महिलालाई बलात्कारबाट बचाउने प्रयास गरेका एक पुरुषको हत्या भएको छ । उनलाई कर्नाटकको कोप्पल जिल्लाको तुंगभद्रा नहरमा फालिएको थियो । प्रहरीका अनुसार, एक इजरायली महिला पर्यटक र एक केरलाकी महिलालाई तीन जना पुरुषहरूले बलात्कार गरेका थिए । त्यसपछि २६ वर्षीय बिभाष अमेरिकाका डेनियल र पंकज पाटिललाई नहरमा फालिएको थियो ।>
कोप्पलका एसपी राम एल अरसिद्दीले बीबीसी हिन्दीसँग भनेका छन्, 'हामीले बिभाषको शव बरामद गरेका छौँ ।' प्रहरीका अनुसार घटना मार्च ६ राति १०:३० बजे भएको थियो, जब पाँच जना हम्पी नजिकैको सानापुरमा रहेको दुर्गाम्मा मन्दिरको दर्शन गर्न गएका थिए ।>
केरलाकी उजुरीकर्ता महिलाका अनुसार तीन जना अभियुक्त मोटरसाइकलमा घटनास्थलमा पुगे र पेट्रोल कहाँ पाउन सकिन्छ भनेर सोधे । होमस्टेको हेरचाहकर्ताले उनीहरूलाई बाटो देखाउँदा तीन जना अभियुक्तमध्ये एकले पर्यटकसँग सय रुपैयाँ मागेका थिए । पैसा दिन अस्वीकार गर्दा उनीहरूले झगडा गर्न थाले र उनलाई आक्रमण पनि गरे ।>
'उनीहरूले डेनियल, पंकज र बिभाषलाई नहरमा धकेले', उजुरीमा भनिएको छ, 'तेस्रो मान्छेले मलाई ढुङ्गाले आक्रमण गर्यो । मेरो शरीरबाट रगत बग्न थाल्यो । तीन जनामध्ये दुई जनाले मलाई जबरजस्ती नहरको किनारमा तानेर लगे र मेरो लुगा च्याते । उनीहरूले उनलाई (इजरायली पर्यटक) घिसारेर लगे र बलात्कार गरे ।'>
उजुरीकर्ता महिलाले आफ्नो उजुरीमा आरोपितहरूले कन्नड र तेलुगु भाषा बोल्ने गरेको बताएकी छिन् । प्रहरी अधिकारी भन्छन्, 'हामी अभियुक्तलाई खोजिरहेका छौँ>>