राज्य व्यवस्था समितिबाट नागरिकता विधेयक पारित

Jasus Khabar 3958+ समाचार ( )
२८ जेठ २०८२

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ। मंगलबार बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो।

मंगलबार करिब ५ घन्टा बसेको समितिको बैठकले नागरिक विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले बताए। उनले सर्वसहमतिबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए। समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने भएको छ।

प्रतिक्रिया