मधेश प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

Jasus Khabar 1+ समाचार ( )
१५ श्रावण २०८०


मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएका छन् । जनमतका वसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले पार्टीको निर्देशनमा राजीनामा दिएका हुन् ।

उनीहरु दुवै जना बिनाविभागीय मन्त्री थिए । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए ।

त्यसयता दुवै जना विना विभागीय मन्त्री थिए । दुवैलाई हटाएर अब हुने मन्त्रिपरिषद् विस्तारमा प्रमुख सचेतक चन्दन सिंह र राज्यमन्त्रीका लागि दलितबाट प्रतिनिधित्व गर्न मञ्जु खंगलाई पठाउने तयारी जनमतले गरेको छ ।


प्रतिक्रिया