सिंगापुरद्वारा नेपाललाई १ सय ३९ रनको लक्ष्य

Jasus Khabar 3945+ समाचार ( )
८ आषाढ २०८२

 एसीसी पुरुष यु-१६ इस्ट जोन कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले १ सय ३९ रनको सामान्य लक्ष्य पाएको छ।

मलेसियामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर ३६.१ ओभरमा अलआउट हुँदै १ सय ३८ रनमा समेटियो।

सिंगापुरका लागि कप्तान रिजन नाइकले ५३ रनको अर्धशतकीय इनिङ खेल्दा आहान भुथानडमले ३८ रन बनाए। त्यस्तै रोहन अस्टिन अरुनले ११ रन बनाउँदा प्रनाद एहान मेडुरीले १२ रन बनाएका थिए।


नेपालका लागि भने विपिन शर्माले ४ विकेट लिंदा सचिन भट्टले ३ विकेट लिए। त्यस्तै अभय यादव र शुभम खनालले समान १-१ विकेट लिए। आजबाट सुरु भएको प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागिता रहेको छ।

सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा नेपाल सहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ’बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन्।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्ने छ।

समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्ने छ। हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्ने छन्। फाइनल ५ जुलाई अर्थात २१ असारमा हुने छ।


प्रतिक्रिया