इजरायलले सुरु गर्‍यो गाजा कब्जा अभियान, बाहिरी इलाका नियन्त्रणमा

Jasus Khabar 3959+ समाचार ( )
५ भाद्र २०८२

इजरायली सेनाले गाजा शहर कब्जा र नियन्त्रण गर्न अभियान सुरु गरेको बताएको छ। सेनाका अनुसार गाजा शहरको बाहिरी इलाका नियन्त्रणमा लिएको छ।   

सैन्य प्रवक्ताका अनुसार कब्जाको तयारीका लागि जैतौन र जबालिया क्षेत्रमा सेना तैनाथ भइसकेका छन्।

सैन्य कारबाहीलाई रक्षामन्त्री इजरायल काट्जले मंगलबार अनुमोदन गरेका थिए। यो यस हप्ताको अन्त्यमा सुरक्षा मन्त्रिपरिषद्मा प्रस्तुत गरिनेछ।

इजरायलको यो कदमले प्यालेस्टिनी नागरिकमा पर्ने प्रभावका कारण अन्तर्राष्ट्रिय स्तरमा कडा विरोध भइरहेको छ।  

समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौता भङ्ग गरेको र निर्दोष नागरिकविरुद्ध बर्बर युद्ध जारी राखेको आरोप लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार