आज ‘विश्व फोटोग्राफी दिवस’ विश्वभर विभिन्न प्रकारको कार्यक्रमहरु गरि मनाइन्छ।>
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ।>
संसारमा सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए।>
हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। तर अहिलेको अवस्था त्यस्तो छैन्। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा धेरै परिवर्तन भएको छ।>
फोटोग्राफीको विकासक्रम हेर्ने हो भने पहिला रिल वाला क्यामराबाट फोटो खिचिन्थ्यो त्यसपछि डिजिटल क्यामरामा आयो र अहिले हात हातमा फोन अनि फोनको क्यामरा गरि फोटोग्राफीको स्तरीय बढ्दै गएको छ।>
आजको समयमा फोटो खिच्नु कुनै गाह्रो काम होइन, हामीले जुनसुकै बेला आफ्नो फोनबाट कुनैपनि पललाई कैद गर्न सक्छौ।>
>>