भारतको राजस्थानको दौसामा सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। मृत्यु हुनेमा सात बालबालिका र चार महिला रहेका छन्। प्रहरीले बताएअनुसार उनीहरू सबै पिकअप भ्यानमा यात्रा गरिरहेका थिए। बुधबार बिहान भ्यान पार्किङ गरिएको ट्रकसँग ठोक्किएको थियो।>
प्रहरी नायब उपरीक्षक रविप्रकाश शर्माले दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भयो भने एक महिलाको एसएमएस अस्पताल पुगेपछि मृत्यु भयो। बाँकी घाइतेको उपचार भइरहेको छ।>
पिकअप भ्यानमा २० जनाभन्दा बढी यात्रु थिए। पिकअप भ्यानले राजमार्गको सर्भिस लेनमा पार्किङ गरिएको ट्रकलाई ठक्कर दियो। प्रहरीका अनुसार दुर्घटनामा आठजना घाइते भएको र एकजनाको अवस्था गम्भिर रहेको जनाएको छ।>
>>>>>