३ घण्टामै युद्धविरामको उल्लंघन, श्रीनगरमा विस्फोट भएको जम्मुका मुख्यमन्त्रीको दाबी

Jasus Khabar 3925+ समाचार ( )
२७ वैशाख २०८२

काठमाडौं। भारत र पाकिस्तानले युद्धविराम घोषणा गरेको तीन घण्टामै जम्मु कश्मिरको श्रीनगरमा विस्फोट भएको छ। जम्मु कश्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाहले श्रीनगरमा विस्फोट भएको दाबी गर्दै सामाजिक संजाल एक्समा भिडियो राखेका छन्।


भारतीय मिडियाहरुले पनि युद्धविरामको केही घण्टापछि पाकिस्तानले सीमा क्षेत्रमा गोलीबारी शुरु गरेको र ड्रोनको आक्रमण समेत असफल बनाएको दाबी गरेका छन्।

भारतीय मिडियाका अनुसार पाकिस्तानले कश्मिरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा, उधमपुर क्षेत्रमा आक्रमण गरेको बताइएको छ। विस्फोटसँगै जम्मु कश्मिरसहित राजस्थान र पंजाबका सीमा क्षेत्रका जिल्लामा ब्ल्याकआउट भएको छ।


यस अघि आज साँझ ५ बजेदेखि भारत र पाकिस्तान सबै प्रकारका आक्रमण रोक्न सहमत भएको घोषणा गरेका थिए।

प्रतिक्रिया