सहारा नेपालको २९औँ वार्षिक साधारण सभा सम्पन्न

Jasus Khabar 3945+ समाचार ( )
८ पौष २०८२

अजमल अन्सारी

सुनसरी । मेराे गौरव, मेराे सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।


सोमबार सहारा नेपाल साकोस सेवा केन्द्र हरिनगरको आयोजनामा सम्पन्न उक्त साधारण सभा हरिनगर गाउँपालिका–४ स्थित बासुदेव मन्दिरको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका प्रतिनिधि र सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।


साधारण सभामा संस्थाका प्रथम उपाध्यक्ष छबिलाल खतिवडाको प्रमुख आतिथ्य रहेको थियो भने समूह नम्बर ६४ राधा सहारा महिला समुह हरिनगराका अध्यक्ष सुशीला झाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे विस्तृत रूपमा छलफल गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथि खतिवडाले सहकारी संस्थाले आर्थिक सशक्तिकरण र आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। वहाँले सदस्यहरूको नियमित बचत, पारदर्शी व्यवस्थापन र समुदायप्रतिको उत्तरदायित्वले सहकारीलाई दिगो बनाउने उल्लेख गर्दै सहारा नेपाल साकोसले यस क्षेत्रको विश्वास जित्न सफल भएको धारणा राख्नुभयो।


त्यसैगरी संस्थाका प्रबन्धक निर्देशक तेजनाथ गाैतमले सहारा नेपाल साकोस सदस्यहरूको विश्वास, सहभागिता र सहयोगकै कारण आज यो स्थानसम्म आइपुगेको बताउनुभयो। वहाँले संस्थाले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तार र गुणस्तरीय सेवा प्रदानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


सेवा केन्द्र हरिनगरका प्रमुख नेत्रकुमार खड्काले सहकारीले बचत, ऋण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने बताउनुभयो।


साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ। संस्थाले आफ्नो वार्षिक साधारण सभाको अवसरमा सहारामा उत्कृष्ट कारोबार पुरस्कार अन्तर्गत सहकारीका सदस्य हरिनगर गाउँपालिका-२ का समद अन्सारी र देवानगञ्ज गाउँपालिका-७ का राजदेव दास तत्मालाई सम्मान सहित पुरस्कृत गरिएको थियो।


सहारा नेपालले ८० वटा केन्द्र मार्फत सेवा प्रदान गरिरहेका छन् भने यसमा १ लाख ९२ हजार २ सय ४० जना जम्मा सदस्यहरु रहेका छन् । गत आर्थिक वर्ष २०८१/०८२ मा कुल १ अर्ब ८६ करोड १४ लाख ५२ हजार ५९ रुपैयाँ आम्दानी गरेका छन् भने १ अर्ब ५४ करोड ८ लाख ५८ हजार ५ सय ६५ रुपैयाँ खर्च गरेका छन् । यसैगरी कुल ३२ करोड ५ लाख ९३ हजार ४ सय ९४ रुपैयाँ नाफा भएका छन् ।


यसैगरी यस संस्थाले सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तर्गत यस वर्ष जम्मा ८ हजार ६८५ जनालाई २६ करोड १७ लाख ६३ हजार १ सय ६८ रुपैयाँ सहयोग गरेको जनाएको छ।


अगामी लक्ष्य


सहारा नेपालले अगामी २०८५ सालसम्ममा विभिन्न लक्ष्यहरु राखेका छन् । सहाराले संस्थाको कार्यक्षेत्र भित्र रहेका स्थानीय तहका सबै वडामा सेवा विस्तार गरी २ लाख ५० हजार सदस्य पुऱ्याउने, संस्थाको कार्यक्षेत्र भित्र रहेका ३० प्रतिशत परिवारमा वित्तीय सेवा पुऱ्याउने, संस्थाको शेयर पूँजी २ अर्ब, बचत २० अर्ब र ल. र. र. १८ अर्ब पुऱ्याउने, संस्थाको दिगोपनाको लागि कोषलाई वृद्धि गरी २ अर्ब पुऱ्याउने, वासलातको आकार २५ अर्ब पुऱ्याउने र यस संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई क्रमशः सामाजिक सुरक्षा अन्तरगतका सेवा उपलब्ध गराउने जनाएका छन् ।


यसैगरी यस संस्थाका १० प्रतिशत शेयर सदस्यलाई जीवन उपयोगी सीप सिकाउने, संस्थाको ऋण असुलीलाई शतप्रतिशत कायम राख्ने प्रयास गर्दै सञ्चालक वित्तीय स्वः सक्षमता वृद्धि गर्ने र यस संस्थाले प्रदान गर्ने सेवाहरुबाट आफ्ना सदस्यहरुको जीवनस्तरका क्रमिक सुधार ल्याउने लक्ष्य राखेको बताएका छन् । 

प्रतिक्रिया