फिफा अन्तर्राष्ट्रिय विन्डोअन्तर्गत नेपाल र बंगलादेशबीच भदौ २१ र २४ मा हुने मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पनि पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।>
‘बंगलादेशसँगको मैत्रीपूर्ण खेलको सम्पूर्ण तयारी पूरा भएको छ । बंगलादेशको फुटबल टोली बुधबार नै नेपाल आइसकेको छ । हाम्रो टोलीको प्रशिक्षण पनि भइरहेको छ’, एन्फाका केन्द्रीय सदस्य एवं प्रवक्ता सुरेश साहले भने, ‘बंगलादेशले च्यासल मैदान र नेपाली सेनाको भद्रकालीस्थित मैदानमा अभ्यास गरिरहेको छ ।’>
दुई मैत्रीपूर्ण खेलपछि समग्र विजेताले पुरस्कार पाउने एन्फाले जनाएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलन गर्दै दुवै खेलको नतिजाका आधारमा विजेता घोषणा गरिने जनाएको छ । दुवै खेलमा स्पष्ट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टीबाट विजेता घोषणा गरिने एन्फाले जनाएको छ । विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन् ।>
हरेक खेलमा आठ हजार टिकट मात्रै बिक्री गरिने एन्फाले जनाएको छ । एन्फाले टिकटको मूल्य निर्धारण गरिएको जानकारी दिँदै हरेक खेलमा आठ हजार मात्रै टिकट बिक्री गर्ने जनाएको हो । एन्फाले भीआइपी प्यारापिटतर्फ एक हजार र सामान्य प्यारापिटमा पाँच सय रुपैयाँ टिकट मूल्य तोकेको छ । टिकट बिक्रीको जिम्मा यसपटक आफैले गर्ने एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए । उनले सम्पूर्ण टिकट अनलाइनमार्फत बिक्री गरिने जानकारी दिए ।>
प्रवक्ता साहले दुई मैत्रीपूर्ण खेल सञ्चालनका लागि एक करोड २७ लाख रुपैयाँ खर्च जानकारी दिए ।>
>>>>>