कारागारका कैदीबन्दी कमाउँछन् मासिक १५ हजार !

Jasus Khabar 3925+ समाचार ( )
२० फाल्गुन २०८१

चितवन । जेलमै मासिक १५ हजारसम्म कमाउँछन् कैदीबन्दी भनेपछि सायदै विश्वास लाग्न सक्छ । तर यो यर्थात् हो ।

जिल्ला कारागार कार्यालय चितवनमा रहेका कैदीबन्दी मासिक ७ देखि १५ हजारसम्म कमाउने गरेका छन् ।

यहाँका अधिकांश कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काम गर्छन् । यसबाहेक कतिपयले फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउने काम गर्छन् ।

कैदीबन्दीहरु अहिले मासिक १५ हजारसम्म कमाउने गरेको कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गाना बताउँछन् ।

उनका अनुसार चितवन जेल (कारागार)मा अहिले दुई सय ३२ कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन्

प्रतिक्रिया

सम्बन्धित समाचार