बालकुमारी घटना प्रकरणमा सुरक्षा कमजोरी : गृहमन्त्री श्रेष्ठ

Jasus Khabar 1+ समाचार ( )
१६ पौष २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै उनले तीन क्षेत्रमा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष सुनाएका हुन् ।

सोमवार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री श्रेष्ठले घटनामा इपीएस कार्यालय प्रमुखको भुमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले गृह मन्त्रालयमा आन्दोलनको जानकारी भइसकेपछि पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताउनु भयो ।

श्रेष्ठले, मन्त्री ज्वालाले आन्दोलनकारीहरुसँग सवाल जवाफ गर्नुभएको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको बताउनु भयो । उहाँले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले वास्तविक अवस्था पत्ता लगाउनका लागि तीन सदस्यीय आयोग गठन गरेको बताउनु भयो ।

  

प्रतिक्रिया