मनोहरा खोलामा हाम फालेका युवकको सकुशल उद्वार

Jasus Khabar 3925+ समाचार ( )
११ आषाढ २०८२

ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित मनहरा खोलामा हाम फालेका युवकको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोट घर भइ पुनर्जिवन अस्पताल बालकुमारी ललितपुरमा उपचार भइरहेका १८ वर्षीय आयुष बडाल असार ११ गते बुधबार बिहान करीव ६ः४० बजे मनहरा खोलामा हाम फालेका थिए।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकालि गण ललितपुरबाट नेकपा एमाले पार्टी कार्यालय च्यासलको सुरक्षार्थ खटिएको सुरक्षा फौजले उनको सकुशल उद्वार गरेको हो।

उद्वार गरिएका उनको अवस्था भने सामान्य रहेको छ। हाल उनी मेन्टल सम्बन्धी विरामी भई सो अस्पतालमा उपचारत रहेको बताइएको छ।

प्रतिक्रिया