इनरुवाकी १६ वर्षीया किशोरी मेहता घरबाट बेपत्ता, प्रहरीले तीव्र खोजी गर्दै

Jasus Khabar 3925+ समाचार ( )
२० वैशाख २०८२

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका-९ जमुवास्थितका १६ वर्षीया संजु कुमारी मेहता शुक्रबार बिहान घरबाट बेपत्ता भएकी छन्। घरमा कोही नभएको मौका पारेर संजुले कसैलाई जानकारी नदिई आफैँ निस्किएको जनाइएको छ।


बेपत्ता भएको खबर पाएपछि परिवार, आफन्त, छरछिमेक र इष्टमित्रहरूले सम्भावित ठाउँहरूमा खोजतलास गरे पनि फेला नपरेपछि उनका ठुला वुबा पुलेश्वर मेहताले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जानकारी गराएका थिए।


घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक मदन बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएको छ। हाल प्रहरी टोलीले अप्रपोष्ट पोखरीचोक क्षेत्र आसपासमा खोजी कार्य तीव्र पारेको जनाएको छ।


हराएकी संजुको हुलिया गहुँगोरो वर्ण, उचाइ करिब ४ फिट ५ इन्च रहेको छ। प्रहरीले नागरिकहरूलाई संजुबारे कुनै जानकारी प्राप्त भए नजिकको प्रहरी कार्यालय वा ९८५२०४१२९४ मा सम्पर्क गर्न आग्रह गरेको छ।

प्रतिक्रिया