अजमल अन्सारी> इनरुवा । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट उल्टीद्वारा बरामद अबैध घरेलुु मदिरा नस्ट गरेको छ ।>
सशस्त्र प्रहरी आउट पोस्ट उल्टीका प्रमुख प्रहरी सहायक निरीक्षक ईश्वर खकुरेलको नेतृत्वमा खटिएको टोलीले बिहिवार भोक्राहा नरसिंह गाउँपालिका-८ बोर्डरस्थितबाट १५ हजार मुल्य बराबरको अन्दाजी १ सय ५० लिटर घरेलु मदिरा बरामद गरेकाे थियो ।>
>
सीमा क्षेत्रमा नेपालबाट २ जना कारोबारीले अवैध मदिरा भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोली देख्नै वितिक्कै रक्सी छोडेर साइकल सहित तस्कर भागेको प्रहरीले जनाएकाे छ ।>
>
बरामद गरिएको अवैध मदिरा स्थानीय जनप्रतिनिधि, पत्रकार र स्थानीय समाजसेवीहरु समेतको उपस्थितीमा नष्ट गरिएको सशस्त्र प्रहरी उल्टीले जनाएकाे छ ।>
>
घरेलु मदिरा कै कारण समाजमा हत्या, हिंसा, बलात्कार लगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्ति सुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भई समुदाय मै नकारात्मक असर पार्ने गरेकाे छ । >
>